नियम १११
बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा बढीमा पाँच तलब वृद्धिसम्म रोक्का गर्ने
: देहायको अवस्थामा सजायको आदेश दिने अधिकारीले बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्न वा बढीमा पाँच तलब वृद्धिसम्म रोक्का गर्न सक्नेछ :
(क) आफूले सम्पादन गर्नु पर्ने काम कारबाहीमा लापरवाही गरेमा,
(ख) …………
(ग) यस नियमावली वा अन्य प्रचलित कानूनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेमा,
(घ) माथिल्लो दर्जाको अधिकारीले दिएको निर्देशन पालना नगरेमा वा कार्यान्वयन नगरेमा,
(ङ) नियम ९३, ९४, ९७, ९८, १०३, १०४ र १०८ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घन गरेमा ।